काठमाडौं ।  सांसद अनिल कुमार झाले मधेसका किसानलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । 

बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । 

‘जुन समस्या अहिले मधेसका किसानले भोगेको छन्, त्यसबाट छुटकारा पाउन राहतको व्यवस्था गर्न म सरकारलाई अनुरोध गर्दछु,’ सांसद झाले भने ।

अहिले तराईको सबै जिल्लामा किसानले धान लगाइसक्नु पथ्र्यो, तर पानीका अभावका कारण रोप्न नपाएको उनले जनाए । 

‘नेपाल सरकारको डाटा अनुसार आधाभन्दा बढी धान रोप्ने काम बाँकी छ । रोपेको धान पनि सुक्न लागेको छ,’ उनले भने । 

मधेसका किसान मात्र नभएर अहिले देशभरिकै किसान पीडित बनेको उनले जनाए । यसबारे समयमै सोच्न जरुरी रहेको उनले बताए । 

‘छिमेकका किसानहरुले हात्महत्या गरेको सुनेका छौं, हाम्रोमा यस्तो नहोस्,’ सांसद झाले भने ।