लम्जुङ । डुम्रे बेशिसहर सडकखण्ड अन्र्तगत लमजुङको बेशिसहर नगरपालिका–१ उदीपुरमा पहिरो झरेका कारण आज बिहानैबाट उक्त सडकखण्ड अबरुद्ध भएको छ । 

सडक अबरुद्ध हुदा पोखरा मनाङ चल्ने सवारी साधन प्रभावित भएका छन् । 

अबरुद्ध सडक खुलाउने तर्फ पहल भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

काठमाण्डौ उपत्यका लगायत देशको अधिकांश स्थान पानी परिरहेकाले संयमित भएर गति सिमित गर्दै सवारी साधन चलाउन चालकलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ ।