सर्लाही ।  सर्लाहीको बरहथवा नगरपालिका–१० किशनपुरमा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

रौतहटको ईशनाथ गाँउपालिका–५ लक्ष्मिनियाका अन्दाजी २६ बर्षीय मुकेश साहको घटनास्थलमै मृत्यु भएको हो । 

साह सवार ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले आज बिहान पौने ९ बजे ठक्कर दिएको थियो । 

टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीले जनाएको छ ।