काठमाडौं – अमेरिकामा रहेका गीतकार कुमार मिश्र र संगीतकार अम्बर तुम्बापो सुब्बाको संगीतमा समावेश ‘कसम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा साइराज खातीको सुमधुर स्वर सुन्न सकिन्छ। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।
गाैतम बुद्ध जन्मस्थल लुम्विनी भित्र छायाँकन गरिएको यस भिडियोलाई बुद्ध थापाले खिचेका हुन्। भिडियोमा कमल सिंह र ललना चिमरिया बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। विकाश दाहालले सम्पादन गरेको यस भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो। भिडियो ‘केके अक्टेभ’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
