काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा गएराति २ बजे खसेको पहिरो आज बिहान पन्छ्याइएको छ । 

पहिरो पन्छ्याइएसँगै सवारी साधन एकलेनमा आलोपालो चल्न थालेका छन् । 

पहिरो पूर्णरुपमा  हटाएर सवारी साधन दुईतर्फि सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।