काठमाडौं – बाल गायक गायिका अमिर गजमेर, रीया तुम्बापो, क्रिसन घतानी र प्रिस्कीला शंकरको स्वरमा रहेको बाल गीत ‘नेपाली भाषा त बिर्सनु हुन्न’को म्युजिक भिडियो सार्वजनिक भएको छ। आइतराज तुम्बापोको शब्द संगीतमा रहेको यस गीतलाई पुष्प गजमेरले संगीत संयोजन गरेका हुन्। नेपाली भाषी भुटानी समुदायमा नेपाली भाषा, संस्कृति र साहित्य संगीत प्रति माया र उच्च सम्मान रहेको छ। गीतले पनि सोहि संदेश प्रवाह गरेको छ।
अमेरिकामा छायाँकन गरिएको भिडियोमा नेपाली भेष-भूषामा सजिएका अमिर गजमेर र HALCA kids को अभिनय रहेको छ। सुरेन्द्र मान सिंहले छायाँकन गरेको भिडियोलाई रमेश दियालीको निर्देशनमा तयार पारिएको हो। हिमालयन स्ट्युडियो एक्रोनमा रेकर्डिङ्ग गरिएको यस गीतलाई ‘हिमालयन म्युजिक एकेडमी’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।








