काठमाडौं ।  स्पेनिस ला लिगा क्लब रियल मड्रिडका मिडफिल्डर इस्को अर्को स्पेनिस क्लब सेभिया अनुबन्ध भएका छन् । गत सिजनको ला लिगा र युईएफए च्याम्पियन्स लिग जितेसँगै इस्को सान्टियोगो बर्नाबेउको बसाईमा पूर्णविराम अन्त्य गर्ने मनस्थितिमा थिए । 

नो वर्ष रियल मड्रिडमा बिताएका इस्कोले तीन पटक स्पेनिस ला लिगा र पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । इस्को  सन् २०१३ मा मालागाबाट रियाल मड्रिड गएका थिए ।

सेभियाले इस्कोको स्वास्थ्य परिक्षण भइसकेको  र उनलाई बुधबार रामोन सान्चेज पिज्वान स्टेडियममा सार्वजनिक गरिने बताएको छ ।

नयाँ सिजनका लागि सेभियाले अनुबन्ध गरेको इस्को तेस्रो खेलाडी हुन् । यसअघि सेभियाले मर्काओ र एलेक्स टेन्सलाई भित्र्याइसकेको छ ।