काठमाडौं । युवा गायक केशव भावुकको सुमधुर स्वरमा सजिएको ‘मृत्यु’ बोलको आशिषमय भजन गीत सार्वजनिक भएको छ। यस भजन गीतमा जय तामाङको शब्द रहेको छ भने स्वयम गायक भावुकले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
स्टुडियो भर्सनमा तयार पारिएको भिडियोमा गायक भावुक र अन्य संगीतकर्मीलाई देख्न सकिन्छ। भिडियोमा मिराज अर्यालको छायाँकन, सम्पादन रहेको छ। भिडियो ओएनसी कम्युनिटी नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। भिडियोलाई हेरेर सुनेर शेयर गरेर आशिषित हुन् निर्माण टिमले सबै दर्शक सोर्तालाई आग्रह गरेको छ।
