काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले फुलहमलाई २-१ ले हराएको छ । 

१४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ६१औं मिनेटमा डानिल जेम्सले फुलहमलाई बराबरीमा फर्काए । 

इन्जुरी समयमा एलेजान्ड्रो गर्नाचोले गोल गर्दै युनाईटेडलाई विश्वकप अघिको विश्राममा महत्वपूर्ण तीन अंक दिलाए । 

जितसँगै युनाईटेडले १४ खेलमा २४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । फुलहम १९ अंक जोडेर नवौं स्थानमा छ ।