काठमाडौं ।  आईसिसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले आज (शुक्रबार) घरेलु टोली नामिबियाविरुद्ध खेल्दैछ । 

वाईन्डरस क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो सवा एक बजे सुरु हुनेछ । शृंखलामा नेपाल सहित आयोजक नामिबीया तथा स्कटल्यान्ड छन् । 

विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा छ । नामिबिया २७ खेलमा २७ अंक सहित चौथो स्थानमा छ ।  

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले शृंखलामा तालिका सुधार गर्ने लक्ष्य बोकेको छ ।