एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवरी दर्ता गराएका छन् । उनलाई एमालेका नेता सुवाश नेम्बाङ प्रस्तावक र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेका छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।