काठमाडौं। क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ परेका छन् । 

स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।मेहबुब आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एउटा खेलमा १० विकेट लिएको कीर्तिमानी छ ।त्यस्तै अर्का पक्राउ परेका आदिल अन्सारीले गत जेठमा अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म भएको नेपाल टी–२० लिमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।