काठमाडौं – नेपाली चलचित्र र नेपाली म्युजिक भिडियोका पोस्टर डिजाइन र नेपाली चलचित्र को प्रचार प्रसार गर्ने टिम नोभिस आर्ट्सले निर्माण गरेको ‘तिमी बिना’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सनिश श्रेष्ठ को स्वरमा रहेको गीतमा फोसिलले संगीत दिएका छन भने शब्द मन्जु रिजालको रहेको छ भिडियो मा प्रकाश दीप तिमिल्सिना र गीता ढुंगानाको अभिनय रहेको छ भने गीतको भिडियोलाई ललित बिष्टले निर्देशन गरेका हुन्। भिडियो नोभिस आर्ट्सको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।
