काठमाडौं – गायक दाउथ राई र गायिका अस्मिता अधिकारीको युगल गायनमा रहेको ‘सुस्तरी सुस्तरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यस गीतलाई डिपी खनालले लेखेका हुन् भने स्वयम् गायक राईले नै गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा पुनम श्रेष्ठ र शबद सिंह बीचको अन्स्किन प्रेम र रोमान्स देख्न सकिन्छ।

अमर रावलले कोरियोग्रागी गरेको यस गीतलाई देव दोर्जे लामाले छायाँकन र सम्पादन गरेका हुन्। गायक राईको निर्देशनमा तयार पारिएको भिडियोलाई गायक राईकै च्यानल ‘दाउथ राई’ मार्फत सार्वजनिक गरिएको हो।