मिथिलामा आज होली मनाइएको छ ।
आज बुधवार मिथिला क्षेत्रका साथै मधेस प्रदेशका केही जिल्लाहरुमा होली मनाइएको हो । जनकपुरमा मध्यमा परिक्रमाको भोलिपल्ट मात्रै होली मनाउने गरिएअनुसार आज मात्रै होली मनाइएको जिल्ला प्रशासन कार्यालय धनुषाका पमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनु भयो ।

उहाँले मधेस प्रदेशका धेरै जिल्लाहरुमा आज हर्षोल्लासपूर्वक होली मनाइरहेको बताउनु भयो । होलीलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा बनाउनुका साथै १२ बजेपछि मदिरासम्बन्धी पसलहरु बन्द गर्न निर्देशन दिएको र जथाभावी होली खेल्नेहरुलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई निर्देशन दिइएको पनि बताउनु भयो । उहाँले आज बिहानैदेखि मालपुवा, दही लगायतका मिठा परिकारहरु खाएर होली मनाएको बताउनु भयो ।

त्यस्तै स्थानीहरुले सबैकुरा बिर्सिएर एक अर्कामा रङ दलेर होली मनाउँदा खुशी लाग्ने गरेको बताए । उनीहरुले । १५ दिने मध्यमा परिक्रमा सकिएको भोलिपल्ट मनाउने परम्पराअनुसार आज होली मनाइरहेको बताए । 

उनीहरुले होेली पर्व असत्यमाथि सत्यको जितको रुपमा मनाउने वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको ठूलो पर्व रहेको बताए । देशका पहाडी भूभागमा भने फागुन २२ गते सोमवार होली मनाइएको थियो ।