काठमाडौं । ‘नौडाँडा पारी’ भाग २ म्युजिक भिडियोलाई १३ दिनमा १० लाख बढी दर्शक स्रोताले हेरेका छन् । भिडियोमा २८ हजार बढी लाइक्स र ९०० बढी सकारात्मक प्रतिक्रिया रहेको छ। भिडियोललाई मिडिया हाउस बाट समेत राम्रो साथ प्राप्त भएको छ। हाल अस्ट्रेलियाको तास्मानियामा बसोबास गर्दै आएका यस गीतका संगीतकार टिका दहालले हामी संगको कुराकानीमा भने

‘मेरो नयाँ युट्युव च्यानलबाट सार्वजनिक गरिएको यस गीतको भिडियोलाई यति धेरै दर्शक स्रोताले मन पराउछन् भन्ने हामीले सोचेकै थिएनौ। सबै दर्शक स्रोतालाई हाम्रो निर्माण टिमको तर्फबाट धन्यवाद भन्न चाहान्छौ। आगामी दिनमा अझै यस्तै मायाको अपेक्षा राख्छौ। दर्शक स्रोताको मायाले हामीमा निकै उत्साह थपेको छ। हामी छिट्टै अर्को कोसेली ‘हेरेको तिमीलाई’ लिएर आउदै छौ। गायिका मिलन नेवारको स्वरमा रहेको ‘हेरेको तिमीलाई’ भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा आफु आशावादी रहेको उनले बताए।’

‘नौडाँडा पारी – २ गीतलाई चर्चित गीतकार रमेश दहालले लेखेका हुन्। गीतमा मंगोलियन हार्टका गायक राजु लामाको सुमधुर स्वर सुन्न सकिन्छ । लोकप्रिय संगीतकार टिका दहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनय रहेको छ। भिडियोमा मोडल गुरुङ सैनिकको भूमिकामा देखिएका छन्। चित्लाङ वरपरका रमणीय दृश्य समेटिएको यस गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्। भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। ५ वर्ष अघि दहालकै संगीतमा गायक आगा लामाको स्वरमा ‘नौडाँडा पारी १’ सार्वजनिक भैसकेको छ।