काठमाडौं – नोभिस आर्ट्सले निर्माण गरेको ‘घाम छाँया’ गीतको भिडियो सार्वजनिक भएको छ । टुनाबेल थापाको शब्द र सङ्गीत रहेको गीतमा त्रिशाला गुरुङको स्वर रहेको छ । गीतमा अहिलेकि चर्चित मोडल तथा नायिका मल्लिका महत र सोनल तामाङ फिचर्ड छन भने भिडियो लाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका हुन । ‘घाम छाँया’को मेल भर्सन लाई दर्शकले अत्यधिक मन पराए पछि यसको फिमेल भर्सन गीतको भिडियो निर्माण गरेको नोभिस आर्ट्स ले बताएको छ ।
