काठमाडौं – गायिका सिमोन गुरुङको सुमधुर स्वरमा सजिएको ‘तिन पुस्ते बाचुन्जेल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गंगा अलिअस कलावती गुरुङको शब्दमा रहेको यस गीतमा गणेश गुरुङको संगीत रहेको छ। गीतलाई दाउथ राईले संगीत संयोजन गरेका हुन्। जीवनको यथार्थलाई समेटिएको गीतको म्युजिक भिडियोमा पुनम श्रेष्ठ फिचर्ड छिन्। दाउथ राईको निर्देशनमा भिडियो तयार पारिएको हो।