काठमाडौं । अभिनेत्री नीता ढुंगाना आफ्नाे झुठाे प्रचार गरेकाे भन्दै प्रेस काउन्सिलको ध्यानाकर्षण गराएकी छन ।
म्युजिक भिडियोमा गरेको अभिनयलाई लिएर युट्युबरले वास्तविक जीवनमा नै प्रेग्नेन्ट बनाएको भन्दै हल्ला फैलाएपछि यसप्रति नीताले सामाजीक संजलमा लेख्दै काउन्सिलको ध्यानाकर्षण गराएकी हुन ।
भ्रामक हेडलाईन राख्ने र साना ठुला सामाजिक संजाल संचालकले त्यहाँका दृश्यहरुको गलत तरिकाले प्रस्तुत गर्ने गरेको उनेले उल्लेख गरेकी छन ।
यस्तो क्रियाकलापले कलाकारको जीवनमा नकारात्मक प्रभाव परिरहेको नीताको भनाइ छ ।
“कलाकार भएपछी विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ । विभिन्न चरित्र निभाउने क्रममा हामिले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ । तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जिवनमा त्यस्ता घटना भएको भन्ने आसय दिने भ्रामक हेडलाईन राख्ने र साना ठुला सामाजिक संजाल संचालकले त्यहाँका दृश्यहरुको गलत तरिकाले प्रस्तुत गर्ने गरेको कुरा नौलो हैन । यस्ता कृयाकलापले धेरै कलाकारको जिवनमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो प्रचलनप्रती मेरो घोर भत्सर्ना छ । विहिबार मात्र म अभिनित मरिहत्ते बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि एक पत्रकार सम्मेलन भएको थियो तर, त्यहाँ पुगेका पत्रकारले भिडियोको कुरालाई मेरो व्यक्तिगत जिवनसंग जोडेर भ्रामक हेडलाइन राखेका छन् । जुन आपत्तिजनक छ । मेरो जिवनमा यसले नकारात्मक प्रभाव पारेको छ । यस्ता कृयाकलाप प्रती प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहान्छु । धन्यवाद“