काठमाण्डाै । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अझै प्रतिगमनको खतरा रहेकाे बताउनु भएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा बोल्दै देउवाले देशमा अझै प्रतिगमनको खतरा रहेकाेले माओवादीसहितका दलसँग सहकार्य गरिरहेको बताउनुभएको छ ।

पटक–पटक संसद् विघटन गर्दै देशलाई प्रतिगमनतर्फ लैजाने हर्कत भएको र फेरि त्यो दोहोरिन नदिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा समर्थन गरेको बताउनुभयो ।