काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंशा गर्नुभएको छ । 
सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले दाहाल साहसिक प्रधानमन्त्री भएको भन्दै त्यस्तो प्रधानमन्त्री मुलुकले कमै पाउने दावी समेत गर्नु भयो ।

सांसद यादवले मुलुक संकटमा परेकाले त्यसको निकासका लागि प्रधानमन्त्री दाहाललाई सबै राजनीतिक पार्टीले मिलेर विश्वासको मत दिनुपर्ने तर्क समेत गर्नुभयो । उहाँले विगतमा गरिएको प्रतिवद्धता कार्यान्वयन गरेर अघि बढ्न प्रधानमन्त्री दाहालको पनि ध्यानाकर्षण गराउनु भयो । 

सांसद यादवले नेपाली जनताले प्रधानमन्त्री दाहालबाट विगतमा गरिएको प्रतिवद्धता कार्यान्वयन भएको हेर्न चाहेकाले उहाँले सो काममा आफूलाई केन्द्रित गर्नुपर्ने बताउनु भयो । उहाँले महंगी नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।