काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताउनुभएको छ । 

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिले यही प्रणाली चलाउन नै नसक्ने भएको बताउनु भयो । उहाँले सरकार संसदको ठूलो पार्टी र ठूलो पार्टीले नसके दोस्रो ठूलो पार्टीले सरकार बनाउनुपर्नेमा तेस्रो पार्टीलाई बोकेर हिँड्नु शर्मनाक रहेको बताउनु भयो । उहाँले सरकार बनाउने र गिराउने खेती भइरहेको भन्दै लोकतन्त्र र गणतन्त्र जोगिन नसक्ने स्पष्ट पार्नुभयो । 

अध्यक्ष केसीले सत्ता र स्वार्थका लागि मात्रै लड्न नहुने बताउनु भयो । आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनेपनि स्पष्ट पार्नुभयो ।