काठमाडौं । गायक शिव परियारले ‘धोकेबाज हौ तिमी’ गीतमा आफूले जस लिन खोजिरहेको भन्ने विवाद बारे बाेलेका छन ।
सामाजिक सञ्जालबाट मंगलबार विज्ञप्ति जारी गर्दै उनले गीतमा विवाद गर्नुपर्ने कुनै आधार वा आवश्यकता नभएको उल्लेख गरेका छन् ।
उनी लेख्छन्, ‘चोरी, चाकरी वा कभर गरेर हामी कसैले पनि गीत गाएका होइनौं । यस गीतलाई मेल, फिमेल र चाइल्ड भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक-गायिका नै यस गीतका आधिकारिक र ओरिजिनल गायक-गायिका हुन् । यस विषयमा विवाद गर्नुपर्ने कुनै आधार र आवश्यकता मैले देखेको छैन ।’







