काठमाडौं ।  एसियन क्रिकेट काउन्सिल(एसीसी)ले आगामी महिना नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको नयाँ खेल तालिका सार्वजानिक गरेको छ ।

एसियन क्रिकेट काउन्सिल(एसीसी)ले आज घोषणा गरेको खेल तालिकामा उद्घाटन खेल नेपाल र मलेसियाबीच वैशाख ५ गते हुनेछ । 

अप्रिल ११ देखि सुरु हुने प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा हुनेछन् । दोस्रो खेल अप्रिल २१ मा ओमानसँग, तेस्रो २४ अप्रिलमा बहराइनसँग र समूह चरणको अन्तिम खेल २७ अप्रिलमा कतारसँग खेल्नेछ ।

नेपालमा आयोजना हुने यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।