काठमाडौं । आज ६२ औं रंगमञ्च दिवस मनाइएको छ ।
सोमवार काठमाडौंमा विभिन्न सांकेतिक कार्यक्रमहरु गरी रंगमञ्च दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२ औं वर्ष भएपनि अझै रंगकर्मीहरुले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद् रहेको बताउनु भयो ।
उहाँले अझैसम्म पनि रंगकर्मीहरुले श्रमीकको दर्जा दिइयोस् भनेर राज्यसँग आवाज उठाउनु दुःखद् रहेको बताउनु भयो । अभिनेता खनालले सरकारले रंगकर्मीहरुलाई बेवास्ता गरेको आरोप लगाउनु भयो ।
अभिनेत्री शर्माले रंगकर्मीहरु सबै मिलेर मात्रै रंगमञ्चको विकास र बिस्तार गर्नुपर्ने बताउनु भयो ।







