काठमाडौं – लोकप्रिय गायिका मिलन नेवारको सुमधुर स्वरमा सजिएको रोमाण्टिक भर्सनको ‘हेरेको तिमीलाई’ बोलको म्युजिक भिडियो भोली नेपाली समय अनुसार ४ बजे ‘टिका दाहाल म्युजिक‘ नामक युट्युव च्यानल मार्फत सार्वजनिक हुने भएको छ।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत टिका दाहालको रहेको छ। गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। भिडियोमा गायिका एवम मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जन बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिनेछ।

उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई हरि हुमागाईले सम्पादन गरेका हुन्। छायाँकन , सम्पादन र निर्देशकीय पक्षबाट भिडियोको काम उत्कृष्ट बनाउने कोसिस गरिएको निर्माण टिमले बताएको छ। गीत तथा म्युजिक भिडियोले दर्शक सोर्ताबाट माया पाउने कुरामा निर्माण टिम आशावादी रहेको छ। सबैखबर परिवार निर्माण टिमलाई सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछ।