काठमाडौं । नेपाली कांग्रेसका पूर्व नेता जगन्नाथ पौडेलले वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन्।

पौडेलले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

चितवन–२ मा कांग्रेसले जितनारायण श्रेष्ठ, नेकपा एमालेले रामप्रसाद न्यौपाने र राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाएको छ । सभापति लामिछानेले उम्मेदवारी दर्ता गरिसकेका छन्।

पौडेलले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै आफ्नो समर्थन रास्वपालाई रहने बताए ।