झापा । झापाको अर्जुनधारा नगरपालिका-३ खुदुनाबारी स्थितबाट नक्कली काजजात (बिलबुक) बनाई मोटरसाईकल बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हल्दिबारी-१ झापाका ४४ बर्षीय जगत बहादुर लिम्बु रहेका छन ।

हिजो दिउँसो नक्कली बिलबुक बनाई मोटरसाईकल बिक्री गरीररहेको भन्ने बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई केटिएम ड्युक मोटरसाईकल २ थान, पल्सर मोटरसाईकल १ थान, नक्कली बिलबुक ३ थान, न्यु धनुषा ट्रेडसको प्यान बिल, खरिद बिक्रि सम्झौता पत्र र छाप सहित पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बुको इलाका प्रहरी कार्यालय अनारमानीबाट थप अनुसन्धान भईरहेको छ ।