काठमाडौं । कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीमाथि अभिनेता तथा निर्माता दीपकराज गिरीले आक्रोश व्यक्त गर्नुभएकाे छ ।
आफ्नो फिल्मले कमाएको भन्दा कम मात्रै आम्दानी देखाएको भन्दै गिरीले आक्रोश व्यक्त गर्नुभएकाे हाे ।
हालै सार्वजनिक ‘छक्का पञ्जा ४’ को कमाइ थोरै देखाएकोमा उहाँको आक्रोश हो।
चलचित्र विकास बोर्डले मंगलबार वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको कमाइ सार्वजनिक गरेको थियो।
कबड्डी ४ ले सबैभन्दा धेरै २१ करोड ३८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको बोर्डको विवरणमा उल्लेख छ। दीपकराज गिरीको चलचित्र छक्कापञ्जा ४ ले १६ करोड ९४ लाख रुपैयाँ कमाइ गरेको बोर्डले जनाएको छ।







