चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले चितवन क्षेत्र नं. २ मा गत मंसिरको जस्तो परीणाम आए, फेरि उपचुनाव हुनसक्ने बताएका छन् ।
चुनाव प्रचारका लागि चितवन आएका एमाले सचिव भट्टराईले प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले देशको कानून उल्लंघन गर्दा चितवन २ मा उपचुनाव गर्नुपरेको बताए ।
गत मंसिर ४ को संसदीय निर्वाचन चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी भएका थिए । तर उनी नागरिकता सम्बन्धी विवादमा पदमुक्त भएपछि यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा रवि पुनः उम्मेदवार बनेका छन् ।
उनले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्ने बताए ।