काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज बालकोट जाँदैछन् । 

अस्वस्थ भएर घरमै आराम गरिरहनु भएका अध्यक्ष ओलीलाई भेट्न साेमबार बिहान ९ बजे प्रधानमन्त्री दाहाल र सभापति देउवा उहाँकै निवास बालकोट जान लागेका हुन् ।

भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल गर्ने तयारी छ ।