काठमाडौं । गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’लाई लिएर पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ । साहित्यकार पारिजातको उपन्यास ‘शिरिषको फूल’को चर्चित पात्रको नाम राखेकोमा समेत संस्थाले आपत्ति जनाएको छ ।

महासचिव दिलसुन्दर श्रेष्ठले जारी गरेको वक्तव्यमा सकम्बरी गीतको छायांकनको क्रममा अप्रांसगिक रुपमा शिरिषको फूल पुस्तकको प्रयोग गरिएको र गीति भिडियोमा प्रस्तुत पात्रको नाम सकम्बरी र सुयोगवीर राखिएकोप्रति आपत्ति जनाइएको छ ।

‘पारिजात स्वयं नारी सशक्तीकरणका लागि लड्नुभएको व्यक्तित्व हुनुभएको व्यहोरासमेत स्मरण गर्दै महिलाको छविलाई सामान्यीकरण गरी नकारात्मक रूपमा प्रस्तुत गरिएको गीतको छायांकनमा अप्रासंगिक रूपमा शिरीषको फूल पुस्तक प्रयोग गरिएको र गीति भिडियोमा देखाइएका पात्रहरूको नाम सकम्बरी र सुयोगवीर राखिएकोप्रति पारिजात स्मृति केन्द्रको आपत्ति रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।