काठमाडौं – गायक शिशिर योगीको सुमधुर स्वरमा सजिएको ‘मेरो देश’ बोलको गीतको स्टुडियो भर्सन भिडियो सार्वजनिक भएको छ। रास्ट्रीय भावना समेटिएको यो गीत भुटान सरकारले निर्वासित गरेका भूतपूर्व क्याप्टेन बुद्ध बिर सुब्बा प्रति समर्पित छ।
यस गीतमा शब्द राजु सुब्बाको रहेको छ। गीतलाई संगीत र संगीत संयोजन देवेन्द्र नेवाले गरेका हुन्। गीतमा मन्दिर केसी र संजय सुमनको कोरस गायन रहेको छ। स्टुडियो मिल काठमाडौंमा भिडियो छायाँकन गरिएको हो। भिडियो ‘असल टिभी’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। यसअघि क्याप्टेन सुब्बाको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भैसकेको छ।








