काठमाडौं । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ । 

मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरुबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले राष्ट्रिय शक्ति निर्माण गर्दा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनु भयो । उहाँले वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको बताउनु भयो । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व नेकपा एमालेले गरिरहेको  बताउनु भयो । उहाँले वर्तमान गठबन्धन सिद्धान्तबिहीन,उद्देश्यबिहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको बताउनु भयो । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको र देशलाई गलत दिशातर्फ लगिरहेको उल्लेख गर्नुभयो ।