काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तामा जाने कि प्रतिपक्षमा बस्ने भन्ने निर्णय शुक्रबार गर्ने भएको छ ।

पार्टीको सोमबार बसेको केन्द्र्रीय समिति बैठक पश्चात् पत्रकार सम्मेलनमा बोल्दै पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारको विषयमा निर्णय गर्नका लागि शुक्रबारको लागि बैठक बोलाइएको जानकारी दिए ।

‘अहिलेको अवस्थामा हाम्रो पार्टी सरकारमा छैन तर संसदमा सत्तापक्षको बेन्चमा छ। अब पार्टीले कि प्रतिपक्षमा बस्ने कि सरकारमा जाने स्पष्ट निर्णय गर्छ।’ ढकालले भने ।

केन्द्रीय समिति बैठकले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चुन्न संसदीय दललाई निर्देशन दिएको पनि उनले जानकारी दिए ।

संसदीय दलको बैठक दिउँसो ३ बजे बस्दै छ ।