दोलखा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बदलिँदो परिस्थितिमा जनचाहना अनुरूपको वैचारिक पाटी सङ्गठन बनाउन नसके काँग्रेसका लागि आगामी दिन झन् मुस्किल पर्ने बताउनु भएको छ ।
नेपाल ट्रेड युनियन दोलखा जिल्लाको नवनिर्वाचित कार्यसमितिको बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले उक्त कुरा बताउनु भएको हो । काँग्रेसको सङ्गठनलाई समय अनकुल रूपान्तरण गर्न जरुरी भएको उहाँकाे भनाइ छ ।
तमाम चुनौतीलाई सामना गर्न सक्ने सशक्त पाटी निर्माणमा केन्द्रित हुनु पर्ने उहाँकाे जोड छ। काँग्रेसको पाटी सङ्गठनमा सुधारको खाचो रहेको भन्दै विधि प्रक्रियालाई बेवास्ता गर्दा अहिले अवस्था आएको उहाँले बताउनु भयाे ।
यस्तै नेता सिंहले दोलखा जिल्लाका पाटी नेता कार्यकर्ताहरूसँग छलफल समेत गर्नु भएको छ ।







