काठमाडौं । सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्दैछ ।
त्यसका लागि आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ ।
सरकारबारे निर्णय गर्न साँझ ५ बजे बैठक बस्ने रास्वपाका एक नेताले जानकारी दिए ।







