काठमाडौं – लामो समय देखि हङकङमा बसोबास गर्दै आइरहेका  वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ।  रोमाण्टिक भर्सनको  यस गीतमा लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको सुमधुर स्वर सुन्न सकिन्छ। प्रेम भाव  समिटिएको  गीतमा शब्द नविन श्रेष्ठको रहेको छ। गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।

माया गर्ने प्रेमिल जोडीहरुमा  समर्पित गरिएको गीतको भिडियोमा  मोडल  नग्मा श्रेष्ठ र प्रवीण डिसीको भिडियोमा अभिनय रहेको छ। भिडियोमा उनीहरुलाई  रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। दिनेश पराजुलीले छायाँकन गरेको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्। जस बहादुर याखा (जसु)को निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो संगीतकार श्रेष्ठको अफिसिएल युट्युव च्यानल ‘नागेन्द्र श्रेष्ठ’ मार्फत सार्वजनिक भएको हो।

बहुआयामिक व्यक्तित्वका धनी सर्जक श्रेष्ठ कालजयी र सदाबहार संगीत सिर्जनामा व्यस्त छन्।  यसअघि  श्रेष्ठको स्वर र संगीतमा सयौ गीत संगीत सार्वजनिक भैसकेका छन्।  दर्जनौ चर्चित गायक गायिका संग काम गरिसकेका श्रेष्ठ  हङकङमा हारमोनियम उस्तादका रुपमा समेत परिचित छन्।  आफ्नो नयाँ गीतको भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन संगीतकार श्रेष्ठले सबैलाई आग्रह गरेका छन्। 

https://youtu.be/PLoF5NWca98