काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ।
बैठक आज दिउँसाे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बस्नेछ।
बुधबार भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो।
उता, नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको छ।







