काठमाडौं । ‘तिम्रो लागि’ बोलको म्युजिक भिडियोलाई १३ दिनमा १० लाख बढी दर्शक स्रोताले हेरेका छन् । भिडियोमा १० हजार लाइक्स र ४०० बढी सकारात्मक प्रतिक्रिया रहेको छ। भिडियोलाई मिडिया हाउस बाट समेत राम्रो साथ प्राप्त भएको छ।
गीतमा लोकप्रिय गायक प्रताप दास र अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ। दिग्गज धौरालीको शब्दमा रहेको यस गीतमा गीतलाई चर्चित संगीतकार अर्जुन पोखरेलले संगीतवद्द गरेका हुन्। आदेश गुर्माचनको गीतमा संगीत संयोजन रहेको छ।
युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतमा अभिनेत्री पूजा शर्मा र अनुज गुरुङको बीचको अन्स्क्रिन प्रेम देख्न सकिन्छ। बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘बुढा सुब्बा डिजिटल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।
अभिनयको हिसाबले मोडल अनुज गुरुङ अभिनित यो तेस्रो भिडियो हो। यसअघि गुरुङ अभिनित ‘नौडाँडा पारी २’ बोलको भिडियोले पनि मिलियन भिउज प्राप्त गरिसकेको छ। छिट्टै नै गुरुङ अभिनित अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक गर्ने तयारी रहेको भिडियोको निर्मात्री दिलु गुरुङले बताएकी छिन्।








