काठमाडौं । बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न आएका बलिउड अभिनेता आमिर खान भारत फर्किएका छन् ।

गत आइतबार काठमाडौं आइपुगेका उनी शुक्रबार बिहान १०.५० बजे इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेका हुन् ।

१० दिन अवधीको उक्त ध्यान शिविर मे १८ मा समाप्त हुने तालिका थियो। तर उनी ध्यानको अवधी पुरा नगरी स्वदेश फर्किएका हुन्। आमिरले किन ध्यान बीचमा छोडेर फर्किए भन्ने खुलाइएको छैन।