काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताउनुभएको छ ।
बुधवार मदन—आश्रित स्मृति दिवसलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेभित्रका अलोकतान्त्रिक चरित्रहरु हटाउन एमाले नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिनुभयो । उहाँले एमालेभित्र नीति भन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको आरोप लगाउनु भयो । उहाँले उहाँले नेकपा एमालेले जबजबाट विचलित भएको आरोप लगाउनु भयो । उहाँले पार्टीको यस्ता विचार र नेताहरु बिरुद्धमा जुध्न एमालेका नेताहरुले आवाज उठाउनुपर्ने बताउनु भयो ।
अध्यक्ष नेपालले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउनु भयो । उहाँले नेपालमा काँग्रेस, कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भइरहेको उल्लेख गर्नुभयो । उहाँले सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? भन्ने ठूलो चुनौति रहेको बताउनु भयो ।
अध्यक्ष नेपालले नेपाली समाजमा धरै अलोकतान्त्रिक प्रवृत्तिहरु विद्यमान रहेको उल्लेख गर्नुभयो ।







