काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको विषयलाई लिएर नेकपा एकीकृत समाजवादीले बिहीबार विरोध प्रदर्शन गर्ने भएको छ।

आज दिउँसो ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्न लागिएको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

बुधबार एकीकृत समाजवादीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको थियो।