काठमाडौं – शास्त्रीय गायनका प्रशिक्षक गायक किरण पुन्जले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘प्राप्ती’ सार्वजनिक गरेका छन्। शास्त्रीय धारमा आधारित यस गीतमा संगीत भुगोल दाहालको रहेको छ भने शब्द सुशील सापकोटाको शब्द रहेको छ। गीतलाई राजेन्द्र वाइबाले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा स्वयम गायक पुन्ज र सोनीका पौडेल बीचको अन्स्क्रिन प्रेम देख्न सकिन्छ।

नितेश लामा ( नियोन ) को छायाँकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक पुञ्जको अफिसिएल च्यानल ‘किरण पुन्ज‘ मार्फत सार्वजनिक भएको हो। २०५८ साल देखि आफ्नो संगीत यात्रा सुरु गरेका गायक पुन्जले २०६६ सालमा ‘किरण’ नामक एल्बम समेत प्रकाशित गरेका थिए। हाल गायक पुन्ज शास्त्रीय गायनका प्रशिक्षकका रुपमा कार्यरत छन्।