काठमाडौँ । नेपाली उत्पादनको पहिलो विद्युतीय मोटरसाइकल यात्रीको च्यासिस भाँचिएकाे फाेटा अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

केही दिनअघि मात्र सरकारले सो मोटरसाइकललाई दर्ता (नम्बर प्लेट) दिने व्यवस्था गरेको थियो ।

तर, यात्री कम्पनीले उक्त दुर्घटना बेचिएको मोटरसाइकलमा नभएर कम्पनीले नै परीक्षण गर्ने क्रममा भएको दाबी गरेको छ ।

‘दुर्घटनामा परेको बाइक फस्ट पोर्टटाइपको मोडल हो, जुन पहिलोपटक उत्पादन गरिएको बाइक हो । यो आफैंमा सुरक्षा परीक्षणका क्रममा रहेको थियो’ जुन सफल भएन’, यात्रीले सामाजिक सञ्जालमा लेखेको छ, ‘यो प्रष्टीकरणले कुनै पनि भ्रम र चिन्ता निर्मूल गर्नेछ भन्ने हामीले आशा गरेका छौं ।’