काठमाडौँ । नेपाली कांग्रेस नेता तथा सांसद प्रकाश मान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनमा कसैलाई काखा कसैलाई पाखा नगर्न सरकारकाे ध्यानाकर्षण गराउनु भएकाे छ ।

बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सिंहले अहिले भ्रष्टाचार नियन्त्रण र नक्कलि भुटानी शरणार्थी प्रकरणमा बिधिकाे सान छ भन्ने अनुभुत हुने गरि काम गर्न ध्यानाकर्षण गराउनु भएकाे हाे ।

“अहिले भ्रष्टाचार नियन्त्रण र नकलि भुटानी शरणार्थी प्रकरणमा बिधिकाे सान छ भन्ने अनुभुत हुने गरि कानु सबैलाई बराबरि हुन्छ भन्ने सिद्धान्त अनुसार निशपकक्ष भएर काम गर्न म सबैकाे ध्यानाकर्षण गराउन चाहन्छु ।” उहाँले बताउनु भयाे ।

उहाँले नीति तथा कार्यक्रममा धेरै राम्रा बिषयहरु समावेश गरिएका भएपनि ती बिषयहरु कर्यान्वयन हुने कुरामा शंका व्यक्त गरिएको बताउनु भयाे ।