काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विगतमा भएका भ्रष्टाचारका फाइल खोल्न माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले देशको मुख्य चुनौती भएको भन्दै विगतका भ्रष्टाचारको फाइल खोल्न माग गरेका छन् ।

उनले तथ्य र प्रमाणबिना लगाएको आरोप स्वीकार्य नहुने चेतावनी दिए। देशको मुख्य चुनौती भ्रष्टाचार बनेकाले देशलाई भ्रष्टाचार मुक्त नबनाएसम्म समृद्धिको यात्रा तय गर्न नसक्ने बताए।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन एमाले नेतृत्वको सरकारले पशुपतिमा सुनको जलारीको सट्टा पित्तल लगाएर भ्रष्टाचार गरेको भनेपछि एमालेले संसद अवरोध गरेको छ ।

एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि बैठक स्थगित गरिएको छ ।