काठमाडौं । युवा गायक विकाश लिम्बुको सुमधुर स्वरमा सजिएको ‘दैब पनि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गीतकार मनधोज थुलुङको शब्द रहेको छ भने संगीत डम्बर खापोङ सुब्बाको रहेको छ। म्युजिक भिडियोमा दिक्पाल कार्की र सोफी कार्की फिचर्ड छन्। टिम मुक्तिनाथको निर्माणमा भिडियो तयार पारिएको हो।

भिडियो संगीतकार सुब्बाको युट्युव च्यानल ‘डम्बर खापोङ सुब्बा‘ मार्फत सार्वजनिक भएको हो। लामो समयदेखि नेपाली गीत संगीतमा सक्रिय संगीतकार सुब्बा अमेरिकामा बस्दै आएका छन्। हाल सम्म संगीतकार सुब्बाले दर्जनौ गीतहरुमा संगीत दिसकेका छन्। आफ्नो नयाँ गीतलाई हेरेर सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन्।