काठमाडौं । युवा गायक बिबेश मानन्धरको सुमधुर स्वरमा सजिएको ‘मिर्मिरे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा सुरज तामङको शब्द, संगीत र संगीत संयोजन रहेको छ। जिन्दगीको आखरी दिन बिताउदै गरेका एक व्यक्तिको जीवन भोगाइको कथामा तयार पारिएको भिडियोमा स्वयम गायक बिबेश मानन्धर र नग्मा श्रेष्ठ फिचर्ड छन्।

बिशाल थापाले छायाँकन गरेको यस गीतको भिडियोलाई ज्वाला राईले सम्पादन गरेका हुन्। सुरज तामङको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक मानन्धरको युट्युव च्यानल ‘बिबेश मानन्धर’ मार्फत सार्वजनिक भएको हो। अस्ट्रेलियामा बस्दै आएका गायक मानन्धर हालै गायन रियालिटी शो ‘मेरो भोइस युनिभर्स’मा समेत सहभागी भएका थिए।