काठमाडौं । गीतकार दिपक मोथेको शब्दमा रहेको आशिषमय भजन गीत ‘मेरो गोठालो’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। यो भजन गीत बाइबलको यूहन्ना १०: ११ पद बाट प्रेरित भै लेखिएको हो। गायिका सिनितेस मोथे र गायक यादव ठटालको युगल गायन रहेको गीतलाई जस्पेर घतानीले संगीत संयोजन गरेका हुन्।
भिडियोमा अन्जुल कटुवाल र संक्रितन जंग केसीको अभिनय रहेको छ। निहाल भण्डारीले छायाँकन गरेको भिडियोलाई डेनिएल गदालको निर्देशनमा तयार पारिएको हो। भिडियो गीतकार मोथेको युट्युव च्यानल ‘दिपक मोथे‘ मार्फत सार्वजनिक गरिएको हो। हाल अमेरिकामा बस्दै आएका गीतकार मोथे लाइभ चर्चका पास्टर समेत हुन्। यसअघि उनको शब्दमा थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।








